विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्।
सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए ।
‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।