काठमाडौं— आफैं तेहेरिने योजनामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसायिक विषय समेटिएको प्रतिवेदन पेश गर्दै उनले महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् ।

पूर्वप्रधानमन्त्री ओली तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेश गरेपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।

ओलीले आफू कुनै हालतमा एमालेको नेतृत्व छाड्ने पक्षमा नरहेको बताएका छन् । उनले बुधबार सम्बोधनका क्रममा फेसबुकमा कसैले लेख्दैमा अध्यक्ष नछाड्ने बताए । बरू केन्द्रीय कमिटी र महाधिवेशनको निर्णयबाट मात्रै नेतृत्व छाड्ने अडान लिएका छन् ।