काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो ।

यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ । ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो । यसअघि बुधबार ३ अर्ब १० करोड रुपैयाँको ७६ लाख ११ हजार कित्ता शेयर करोबार भएको छ ।

आज सेन्सिेटिभ इन्डेक्स १.७३, फ्लोट इन्डेक्स १.१६ र सेन्सिेटिभ फ्लोट इन्क्डेक्स ०.६२ अंकले घटेको छ । आज हिमालयन पाावर लिसमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६५ रुपैयाँमा आन्तिम करोबार भएको छ ।

त्यसैगरी समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता २०८.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज मुक्तिनाथ विकास बैंक नेपाल रिइन्स्योरेन्स, शिव्म सिमेन्ट र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।