काठमाडौं— नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ । 

बिहीबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले ओलीको राजीनामा माग गरेका हुन् ।