काठमाडौं—  सुनको मूल्य आज ४ हजार ८०० रुपैयाँले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार  ७ हजार १०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार पुगेको थियो।

आज ४ हजार ८०० सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार २०० मा झरेको नेपाल सुन(चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि शुक्रबारको तुलनामा घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी ३२ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।  शुक्रबार प्रतितोला चाँदीको मूल्य ३ हजार ३५० कायम भएको  थियो