काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न औपचारिक निवेदन दिएको छ।
महासचिव विप्लवको निर्देशनमा नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोली आज आयोगमा पुगेर दल दर्ताका आवश्यक कागजातसहित निवेदन बुझाएको हो।
नेताहरूका अनुसार पार्टीको नाम “कम्युनिष्ट पार्टी नेपाल” राखिएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हालसम्म आयोगमा दर्ता नभएको र यसअघि भूमिगत अवस्थाबाट शान्तिपूर्ण राजनीतिक यात्रातर्फ फर्किएको थियो।






































