काठमाडौं— एनआईसी एशिया बैंकका ग्राहकले अब वन्डर नेपालद्वारा सञ्चालित कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्।
यस उद्देश्यका लागि बैंक र वन्डर नेपालबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, ग्राहकहरूले स्काइवाक टावरमा विभिन्न सेवा उपयोग गर्दा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले यो सुविधा लिनका लागि बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, अथवा मोबैंक एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
बैंकका अनुसार, यो सहकार्यले ग्राहकलाई थप आकर्षक सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग र नगदरहित कारोबार प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।






































