काठमाडौं— नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदै छ । यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयतालगायत विषयमा उनीहरूले छलफल गर्न लागेका माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले  भने, “सम्भवतः पेरिसडाँडामा नै छलफल हुनेछ । दुवै नेताबीच वरीयतालगायत विषयमा छलफल हुने भनिएको छ ।”

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिएको थियो । त्योसँगै दल दर्ता, संगठनात्मक विषय टुंगो लगाउन दुवै नेता कस्सिएका हुन् ।

एकताको गृहकार्य नपुगेको भन्दै दुवै पार्टीका केही नेता भने चिढिएका छन् ।