धरान— श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विशेष स्वागत गरेको छ। सोमबार पञ्चेबाजाको धुनसहित गरिएको स्वागत कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

मेयर साम्पाङ धरानको स्थानीय विकास, श्रम–उन्मुख अभियान र सामाजिक सरोकारका विषयमा सक्रिय भइरहेको भन्दै श्रम संस्कृति पार्टीले सम्मानस्वरूप स्वागत गरेको बताइएको छ।

कार्यक्रममा सहभागीहरूले मेयर साम्पाङको नेतृत्वमा धरानको विकास गतिशील भएको जनाउँदै निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसहित मेयर साम्पाङलाई फूलमाला लगाइेर सम्मान गरिएको आयोजकले जनाएको छ।