विराटनगर । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउगरेको छ ।
मंसिर २३ गते दिउँसो चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका सिन्धुपाल्चोकका ३४ बर्षीय दावा लामा होल्मोलाई ५८ ग्राम १४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१५ स्थितबाट पक्राउ गरेको हो ।
लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।






































