काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
मंसिर २५ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।






































