काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल रूपमा सिफारिस गरिएको छ।

डडेल्धुरा कांग्रेसको बिहीबार बसेको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिएका छन्।

देउवाले यसअघि पनि पार्टी नेताहरूसँग अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने योजना पुष्टि गरिसकेका थिए। उनी डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा छन्। यसअघि उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा डडेल्धुराबाटै विजयी भएका थिए।

समानुपातिकमा नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस भएको छ भने राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस गरिएको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिएका छन्।