झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली नेपाली कांग्रेस कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले  नेपाली कांग्रेसको विधान बमोजिम झापाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भई जिल्ला कार्यसमितिमा सिफारिस भएका उम्मेद्वारको नामावली सर्वसम्मत रुपमा कोशी प्रदेश समितिमा सिफारिस गरेको हो । सिफारिस गरिएका नाममा रायसुझाव महसुस भए जिल्ला कार्य समितिले पुनः पठाउनसक्ने जनाइएको छ । केन्द्रीय समितिले गत मंसीर १५ गते नेपाली कांग्रेसको विधान बमोजिम क्षेत्रीयस्तरमा बैठक राखी  उम्मेद्वारको नामावली सिफारिस गर्न निर्देशन गरेको थियो । झापाका सबै क्षेत्रमा आकांक्षी उम्मेद्वारको नामावली  विवादरहित ढंगले सिफारिस भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

झापा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भटराई, राधा कार्की र शोभा श्रेष्ठ नेम्बाङको नाम सिफारिस भएको हो ।

यसैगरी झापा क्षेत्र नं–२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ सरिता प्रसाई, छत्रबहादुर गिरी र सजेश शिवाकोटीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मिरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम र कृष्णबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

यसैगरी झापा क्षेत्र नं–३ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी, टिकाराज ढकाल, सिताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ्ग लिम्बुको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सुशिला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सितादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा र शिला तामाङको नाम सिफारिस भएको छ ।

झापा क्षेत्र नं–४ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ देउकुमार थेवे, उत्तमबहादुर चौंलागाई, धनमाया चिमरियाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सन्तोषकुमार मेनेङ्बो, टंकबहादुर विश्वकर्मा, सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा र मथुरादेवी श्रेष्ठको नाम सिफारिस भएको छ ।

यता क्षेत्र नं–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी र सिरम कार्कीको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ महेन्द्राकुमारी लिम्बु, सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भुमीराज राई, चन्द्रा खड्का भटराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भिममाया उप्रेती (भुजेल) र  रोहितकुमार शाहको नाम सिफारिस गरिएको छ ।