काठमाडौं । ललितपुरको यूएनपार्कस्थित बागमती करिडोर सडकखण्डमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

कुपण्डोल पुलबाट यूएनपार्क पुलतर्फ जाँदै गरेको बा.प्र.०१-०२९ च ३८९६ भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२२ च ००६१ नम्बरको कार, बा२ज ४७६० नम्बरको कार, बा.प्र. ०१-०२९ च ८१४५ नम्बरको भ्यान र कुपण्डोलबाट यूएन पुलतर्फ आउँदै गरेको बा ५१ प ९५६९ न. स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।बिहीबार करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा परी स्कुटर चालक रौतहटको गौर नगरपालिका-९ का करिब ४५ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सिन्हालाई उपचारका लागि नर्भिक अस्पताल पठाइएको थियो । सिन्हाको उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।चार वटै गाडीका चालक र सवारीसाधन प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।