सुनसरी । सुनसरीको धरान- २० कालीखोला किनार स्थितबाट ३ सय ३० किलोग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
मंसिर २६ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-२० स्थित कालीखोला किनारमा ११ वटा बोरामा प्याक गरेर राखेको ३ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजि कार्य भईरहेको छ ।






































