काठमाडौं— नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले शोक सभा आयोजना गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित शोक सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

शोक सभामा उपाध्यायको पार्टी र मुलुकप्रतिको योगदानको स्मरण गर्दै उनको निधनले अपूरणीय क्षति पुगेको बताइएको थियो। सहभागी नेताहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

यसैबीच, उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न नेपाली कांग्रेसले २०८२ मंसिर २९ गते तथा पुस १ र २ गते गरी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।