काठमाडौं— नेकपा (एमाले) को ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि काठमाडौंको भृकुटिमण्डपमा जारी छ। महाधिवेशन स्थलमा नेतादेखि कार्यकर्ता सम्मको उल्लेखनीय उपस्थितिले भृकुटिमण्डप अत्यन्तै भीडभाड र उत्साहपूर्ण देखिएको छ।

देशभरबाट आएका एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको सक्रिय सहभागिताले महाधिवेशनमा जोश र उमंग थपिएको छ। नाराबाजी, छलफल र सांगठनिक गतिविधिका कारण सम्पूर्ण वातावरण राजनीतिक ऊर्जा र उत्साहले भरिएको देखिन्छ।

महाधिवेशनमा पार्टीको भावी कार्यदिशा, नेतृत्व चयन तथा नीति–कार्यक्रमबारे महत्वपूर्ण छलफलहरू जारी रहेको जनाइएको छ।