काठमाडौं । नेकपा (एमाले)को मतदान सुरु हुनुअघि प्रतिनिधिहरू लामबद्ध भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका छ ।
सोही तालिकाअनुसार प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेल भने मञ्चमा छन् ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।
महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।






































