काठमाडौं— जेनजी मिराज ढुङ्गाना समूहले सोमबारदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका हुन्।

संयोजक ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गरे। उनका अनुसार सरकार असफल भइसकेको भन्दै त्यसको विरोधस्वरूप देशभर शान्तिपूर्ण आन्दोलन गरिनेछ।

उनले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र जनताको अधिकार तथा सरोकारका विषयलाई केन्द्रमा राखेर अघि बढाइने बताए। आन्दोलनका कार्यक्रम र स्वरूपबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने पनि उनले जानकारी दिए।