काठमाडौं— मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै समूहले अन्तरिम सरकारमाथि दबाब दिन शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो।

हिजो सोमबारदेखि सुरु भएको आन्दोलनमा सहभागीहरूले विभिन्न प्लेकार्ड र नारामार्फत सरकारको आलोचना गरेका छन्। उनीहरूले वर्तमान नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

आन्दोलनकारीहरूका अनुसार माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ। शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनका कारण माइतीघर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

सरकारको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।