काठमाडौं— श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टीसँगको सम्बन्ध तोडेका छन्। अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा रहेको उक्त पार्टीबाट उनी अलग भएका हुन्।
पुस ५ गते बुटवलमा आयोजित एक कार्यक्रममा आयोजकप्रति गरेको व्यवहारलाई लिएर अध्यक्ष साम्पाङले परियारमाथि कारबाही गरेका थिए। त्यसपछि पार्टीभित्रको असहमतिका बीच परियारले पार्टी छोड्ने निर्णय गरेका हुन्।
पार्टी परित्याग गरेपछि परियार आज बिहान नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित आफ्नै निवासमा स्वागत गरेका हुन्।






































