काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बोलाइएको छ । 

बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ । 

मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका  थिए । 

विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले भने आपत्ति जनाउँदै आएको छ ।