काठमाडौं— वैदेशिक रोजगारीका लागि कुक आइल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–१ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा–९ बस्ने ३१ वर्षीय रोज बहादुर श्रेष्ठ रहेका छन्।

उनले आइसल्याण्डमा कुक पदमा आकर्षक तलब पाइने प्रलोभन देखाई एक पीडितबाट १२ लाख ४० हजार रुपैयाँ असुल गरेर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार कागेश्वरी मनोहरा–७ बाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।