काठमाडौं— तीन दिनदेखि बेपत्ता रहेका प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका हुन्। 

 घोराही–२, रामपुर स्थायी ठेगाना भएका जिसी जिल्ला प्रहरी कार्यालयका चालकसमेत थिए। ८ गते बिहान ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका जिसी त्यसयता सम्पर्कविहीन भएका थिए। प्रहरीद्वारा खोजतलास गर्ने क्रममा उनको शव घोराही–१८ स्थित घरडौरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।