काठमाडौं— भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागिआईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।
आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।






































