काठमाडौं— जमलमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। घटनापछि प्रहरी तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको र घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले जानकारी दिए ।





































