काठमाडौं— बुधबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ५ अंकले बढेर परिसुचक २७३१ मा पुगेको हो ।

यसदिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४९ करोडको कारोबार भएको हो ।

कारोबारमा आएका १४१ कम्पनीको मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ । यस्तै आज ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन आखुखोला जलविद्युत, राधी विद्युत, एसवाई प्यानल, युनाइटेड मोदि हाइड्रोपावर अगाडि रहे ।

आज कर्पोरेड डेव्लपमेन्ट बैंक, आखुखोला जलविद्युत र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने पिपुल्स पावर र बुद्धभुमी हाइड्रोको सेयर ९ प्रतिशतले बढ्यो ।

यसदिन बैंकिङ, लगानी, जीवन बिमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सुचक बाहेक अन्य सुचक बढेका छन् ।