काठमाडौं— महान्यायाधिवक्ताको बारेमा जथाभावी भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवराज सफल बुधबार बेलुका हाजिर जमानीमा रिहा भएका छन्।

प्रहरीले उनीमाथि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि सफललाई हाजिर जमानीमा रिहा गरिएको सम्बन्धित निकायले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।