काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो जुन इतिहासकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेको हो । आज चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।






































