गुल्मी— जेन–जी प्रदर्शनको मौकामा काठमाडौंबाट फरार रहेका एक कैदीलाई प्रहरीले गुल्मीबाट पक्राउ गरेको छ। जेन–जी प्रदर्शनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका छत्रकोट गाउँपालिका–५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका सर्तुङ्गेलाई आइतबार तम्घास बसपार्कबाट पक्राउ गरेको हो। प्रहरी सहायक हवल्दार बासु मरासिनीसहितको टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।