काठमाडौं— आजदेखि देशभरका सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्दै आएको सरकारी कार्यालय आजबाट ५ बजेसम्म खुल्ने भएको हो ।

सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालयको समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोक्दै आएको छ । तर १६ गते शहीद दिवसको बिदा र १७ गते शनिबार परेकाले आज १८ गते आइतबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने भएको हो ।