काठमाण्डौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समितिको सचिवालयले शुक्रबार रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा वरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो। जसमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई बढुवाका लागि छनोट भएका छन् । सिफारिस सशस्त्र प्रहरी नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सबैको जानकारीका लागि प्रकाशित गरिएको हो।





































