काठमाण्डौ । सशस्त्र प्रहरी बलका सात जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । 

शुक्रबार गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले सशस्त्र प्रहरी सेवातर्फ एसएसपी पदमा बढुवाका लागि सात जना एसपीलाई सिफारिस गरेको हो । 

समितिद्वारा जारी सूचना अनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम रिक्त रहेको तथा बढुवापछि रिक्त हुने पदसमेतलाई दृष्टिगत गर्दै दिपक कुमार थापा, सुधिर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदिप सिंह कार्कीलाई बढुवा सिफारिस गरिएको हो ।FB_IMG_1777052306185