काठमाडौं— नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा ओमानविरुद्ध कमजोर सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पावर प्ले (सुरुआती १०) ओभर सकिँदा दुई विकेट गुमाएर ३६ बनाएको छ ।

अहिले भीम सार्की १९ र कप्तान रोहितकुमार पौडेल सात रन बनाएर क्रिजमा छन् । 

त्यसअघि, आसिफ शेख १९ र कुशल भुर्तेलले एक रन बनाएर पभेलियन फर्किएका थिए । नेपाल ३०६ रनको लक्ष्य पछ्याइरहेको छ ।