विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २२ गते अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई  राखेको  १४८ किलोग्राम गाजाँ बरामद गरेको हो ।

गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।