काठमाडौं— लोक सेवा आयोगले आफ्नो पदपूर्ति प्रक्रियामा “प्रोसेस रि-इन्जिनियरिङ” सहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. (असार मसान्त) भित्रमा सम्पन्न हुनेछन्।
२. भदौ महिनाको अन्तिम बुधवारदेखि विज्ञापन सुरू हुनेछन्।
३. साविकमा सहसचिव र उपसचिव दुवै पदको विज्ञापन असोजमा हुने गरेकोमा अवदेखि सहसचिव पदको भदौ महिनामा र उपसचिव पदको असोज महिनामा विज्ञापन हुनेछन् ।
४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुनेछन् ।
५. सवै पदका लिखित परीक्षाहरू वर्षा याम अगावै सम्पन्न हुनेछन्।






































