गोरखा । भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखाको घ्याल्चोक र धादिङको चरौदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।

नदीमा आएको तीव्र बहावले पुलको संरचना नै बगाएपछि दुई जिल्लाबीचको स्थानीय आवागमन प्रभावित भएको छ। पुल बगेपछि घ्याल्चोक र चरौदी आवतजावत गर्ने स्थानीयवासीलाई थप समस्या भएको छ।

बाढीको बहाव अझै जोखिमपूर्ण रहेकाले नदी आसपासका बस्ती तथा क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। झोलुङ्गे पुल बगेपछि स्थानीयस्तरमा दैनिक आवतजावत, व्यापार तथा अन्य काममा समेत प्रत्यक्ष असर परेको छ। क्षतिको थप विवरण आउन बाँकी छ।