आर्थिक

    Showing 1,411-1,420 of 2,655 items.
  • हिमाल आरोहणमा दोब्बर राजस्व संकलन

    झापा /  पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गत वर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ। विभागले गत वर्षको यही ऋतुमा ४ करोड ६ लाख रुपैयाँ रकम संकलन गरेकोमा यसवर्ष ९ करोड ३० लाख संकलन गरेको हो ।विभागको तथ्याङ्क अनुसार ४८ वटा हिमाल अनुमतिबाट उक्त रकम संकलन भएको हो। विभागले वर्षमा २ पटक हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ। यसअनुसार विभागले मार्च, अप्रिल, मे महिना (वसन्त ऋतु) मा र सेप्टेम्बर, अक्टोबर र नोभेम्बर (शरद ऋतु)मा हिमाल आरोहण खुला गर्ने गर्छ ।यस वर्षको तथ्याङ्क अनुसार शरद ऋतुमा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालबाट सबैभन्दा बढी राजस्व संकलन भ

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 83 पटक पढिएको
  • साढे ४ महिनामा २ खर्ब ९६ अर्ब राजस्व संकलन

    झापा / चालु आर्थिक पार्षको साढे चार महिनाको अवधिमा सरकारी खर्च र आम्दानी लगभग उस्तै देखिएको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १९ गतेसम्म ३ खर्ब २५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भइराख्दा यता सरकारको खर्च ३ खर्ब ९२ अर्ब ४३ करोड ९८ लाख रूपैयाँ भएको हो ।खर्च आम्दानीको अन्तर हेर्दा समीक्षा अवधिसम्ममा ६७ अर्ब १७ करोड ६ लाख रुपैयाँले बढी खर्च भएको देखिन्छ । यद्यपि, यस्तो खर्च अधिक नियमित (चालु खर्च) मा नै भएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९–८० का लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट छुट्याएकोमा मंसिर १९ गतेसम्म चालु खर्चतर्

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 91 पटक पढिएको
  • टोयोटा किर्लोस्कर मोटरका उपाध्यक्ष किर्लोस्करको निधन

    एजेन्सी / टोयोटा किर्लोस्कर मोटरका उपाध्यक्ष विक्रम किर्लोस्करको निधन भएको छ । ६४ वर्षका किर्लोस्करको नोभेम्बर २९ मा हृदयघातका कारण निधन भएको हो । उनको अन्तिम संस्कार आज (बुधबार) दिउँसो १ बजे भारको बेंगलुरुको हेब्बल श्मशान गृहमा गरिने छ । किर्लोस्कर व्यवसायिक परिवारका चौथो पुस्ताका सदस्य, विक्रम किर्लोस्करलाई टोयोटाको व्यवसाय भारतमा ल्याउने ठूलो श्रेय मानिन्छ। विक्रम किर्लोस्करको जन्म नोभेम्बर १९५८ मा भएको थियो । उनका पिताको नाम श्रीकान्त किर्लोस्कर हो। विक्रमले उटीको लरेन्स स्कूलमा पढेका थिए। स्कूल पछि, उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा पढ्न गए। उनले एमआई

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 225 पटक पढिएको
  • आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनाली

    झापा / आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घ मैनाली नियुक्त भएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले मन्त्री स्तरिय निर्णयबाट महानिर्देशक सरूवा गरेका हुन् । हाल विभागकाे महानिर्देशक रहेका रितेश शाक्यलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।सार्वजनिक ॠण व्यवस्थापन कार्यालय प्रमुख रहेका मैनालीलाई विभागको महानिर्देशक बनाइएको सरकारले प्रतिनिधी र प्रदेश सभा निर्वाचनभन्दा अगाडि मैनालीलाई विभागको महानिर्देशक बनाउन खोजेको थियो। तर, निर्वाचन आयोगले सरुवा सहमति नदिँदा मैनालीकाे सरुवा रोकिएको थियो ।अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली र भन्सार विभागका महानिर्देशक कमल भट्टराईलाई अर्थ

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 597 पटक पढिएको
  • हिमालयनसहित नौ वटा बैँक राष्ट्र बैंकको कारवाहीमा

    झापा  / नेपाल राष्ट्र बैंकले नियम विपरित काम गर्ने नौ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरू उल्लंघन गर्ने नौ वटा वाणिज्य बैंकहरूलाई कारवाही गरेको हो ।कारवाहीमा पर्नेमा बैंक अफ काठमाण्डु, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक रहेका छन् । राष्ट्र बैंकले निर्धारण गरेको नियम अनुसार विपन्न वर्ग क्षेत्र कर्जा लगानी नगरेको भन्दै बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ११ लाख ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्द

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 341 पटक पढिएको
  • विरेन्द्र सांसद भएपछि दाजु उपेन्द्र बने माछापुच्छ्रे बैंकको अध्यक्ष

    झापा / माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष डा. विरेन्द्र महतोको राजिनामा स्वीकार गरेर डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।डा. महतो गैर आवासीय संघका संस्थापक अध्यक्ष समेत हुन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेपछि डा. महत्वले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।सांसद भएपछि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष वा सञ्चालक

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 361 पटक पढिएको
  • कोरोना बीमाको भुक्तानी आजदेखि सुरु

    झापा / निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने भएका हुन् ।बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक सङ्घले जनाएको छ ।सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 110 पटक पढिएको
  • घट्यो सुनको मूल्य, प्रति तोला कति ?

    झापा  / आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसैगरी यसअघि प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९७ हजार रुपैयाँ रहेको छ ।यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 147 पटक पढिएको
  • आव प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अङ्कले बढ्यो

    झापा / साताको दोस्रो कारोबार हुने दिन सोमबार प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ। आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्री ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 84 पटक पढिएको
  • कर्जा र निक्षेप विचको ब्याजदर अन्तर ०.४ प्रतिशत विन्दुले घट्यो

    झापा / नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक समीक्षा मार्फत वाणिज्य बैंकका लागि स्प्रेड रेट ४।४ प्रतिबाट घटाएर ४ प्रीतशतमा झारेको हो । त्यसैगरी विकास बैंकको ५ प्रतिशत रहेको स्प्रेड रेट ०।४ प्रतिशत विन्दुले घटाएर ४।६ प्रतिशतमा झरेको छ । तर, केन्द्रीय बैंकले फाइनान्स कम्पनीको हकमा ५ प्रतिशतलाई यथावत रोखको छबैंक तथा वित्तीय संस्थाको नाफा धेरै भयो भनेर घटाउन खोजेको नभई बजारको अवस्थालाई सन्तुलन कायम गर्नका लागि स्प्रेड घटाएको तर्क केन्द्रीय बैंकको छ ।पछिल्लो समयमा स्प्रेड कम गरेर भए पनि ब्याजदर घटाउनु पर्ने माग उद्योगी व्यवसयाीहरुले राख्दै आएका थिए । त्यति मात्र नभई उद्योगी व्यवसायीले

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 701 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा