आर्थिक

    Showing 1,441-1,450 of 4,490 items.
  • कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो

    काठमाडौं—  हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइ

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 554 पटक पढिएको
  • सुनचाँदीको मूल्य निरन्तर बढ्दो

    काठमाडौँ। बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ७५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ 

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 373 पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

    काठमाडौं— सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो । जारी हुने शेयर मध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 540 पटक पढिएको
  • याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ

    काठमाडौं— शोलुखुम्बुका कुशल कालीगढ मिङ्मा शेर्पाले हिमाली जिल्ला मुस्ताङको जोमसोममा घर सजावट तथा चढ्नका लागि प्रयोग हुने याकको डमि तयार गरेका छन् ।लदाकमा विशेष सिप सिकेपछि उनले मुस्ताङ आएर आफ्नै कला र सीपलाई प्रयोग गर्दै याकका यथार्थजस्ता डमिहरू बनाइरहेका हुन् ।उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 546 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिदद

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 291 पटक पढिएको
  • बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

    काठमाडौं—  बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवि

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 511 पटक पढिएको
  • जेनजी आन्दोलनको क्षतिमा ४.३८ अर्ब बीमा दावी भुक्तानी

    काठमाडौं— हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोड रुपैयाँ मध्ये करिव ३ अर्ब १२ करोड २७ लाख रु

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 579 पटक पढिएको
  • सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

    काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ ।कम्पनीले १० करोड रुपैयाँ बराबरको, प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि निष्काशन गरेको थियो । उक्त आईपीओका लागि ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।मागभन्दा धेरै आवेदन परेकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो । बाँडफाँटका अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । त्यस्तै, १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ४२ हजार ८८२

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 531 पटक पढिएको
  • सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदी भने तोलामा १५० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलबार प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 529 पटक पढिएको
  • आजदेखि देशभरका भन्सार कार्यालय ठप्प, आयात-निर्यात पूर्णरूपमा रोकियो

    काठमाडौं— देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् ।भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् ।केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए । तर लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ । महासंघले भन्सार ऐनमा भएका अव्यवहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या, र पेशागत हकहितका विषयलाई लिएर च

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 561 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.