काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले केही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै छ । बुधबार प्रतितोला ७ सय रुपैयाँले वृद्धि हुँदा सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्यमा वृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारणलाई जिम्मेवार मानिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, चाडपर्वसँग यसको कुनै सम्बन्ध छैन । अमेरिकामा घट्दो ब्याजदरले सुनको माग बढाएको छ । युक्रेन र रुसबीचको द्वन्द्व, इरान र इजरायलका बीचको संघर्ष, र विश्वका केन्द्रीय बैंकहरूको सुन भण्डारणमा वृद्धि हुँदा पनि सुनको मूल्य वृद्धि हुँदैछ ।
काठमाडौं–आज युएई दिराम र मलेसियन रिङ्गेटको विनिमय दर घटेको छ भने अन्य विदेशी मुद्राको विनिमय दरमा पनि सामान्य परिवर्तन भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै मङ्गलबारको तुलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको जानकारी दिएको छ । यस अनुसार युएई दिरामको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा तोकिएको छ भने मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । अन्य प्रमुख मुद्राहरूको विनिमय दरमा अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५८ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भन
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा तथा पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा कायम भएको छ । चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमय दर संशोधन गर्न सकिने जनाएको छ ।
काठमाडौं— अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरैजसो ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा केही ठाउँमा मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ५९.०२ अङ्कको गिरावट आएको छ, जसले बजारलाई २,५२९.३३ अङ्कमा झारिदिएको छ । कुल ३२९ कम्पनीका १.३५ करोड कित्ता शेयर ७७,१५३ पटक कारोबार हुँदा रु ५ अर्ब ६६ करोडको कारोबार भएको छ ।सुरुवाती कारोबारदेखि नै नेप्सेमा दबाब देखिएको थियो, जसले गर्दा सबै समूहको उपसूचक घटेको छ । वित्त समूह सबैभन्दा बढी ५.५६ प्रतिशतले घटेको छ, जबकि बैंकिङ १.२७, विकास बैंक २.४६, होटल तथा पर्यटन ३.३४, जलविद्युत् २.८९, र लगानी समूह २.७३ प्रतिशतले घटेका छन् ।जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, व्यापार र अन्य समूहको उपसूचकमा पनि क्रमशः २.३५, २.६९, १.८१, ०.
काठमाडौं–सुनको मूल्यमा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ । आज सुनको मूल्य तोलामा रु ४०० ले वृद्धि हुँदै प्रतितोला रु १५९,२०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार सुनको मूल्य रु १५८,८००मा कारोबार भएको थियो । सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ, जबकि चाँदीको मूल्य स्थिर रहँदै आइतबार प्रतितोला रु १,९२०मा कारोबार भएको छ । चाँदीको मूल्यमा कुनै परिवर्तन छैन र आज पनि सोही मूल्य कायम गरिएको महासंघले जानकारी दिएको छ ।
काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यले पुन: नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज भएको वृद्धिसँगै हालसम्मकै उच्च स्तरमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा रु १,७००ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १,५७,१००मा कारोबार भएको छापावाला सुन आजका लागि रु १,५८,८०० निर्धारण गरिएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु २,१०० ले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा रु ५ले वृद्धि भएर १,९२० निर्
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । डलर गत हप्ताको तुलनामा घटेको छ । गत साता अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ९३ पैसा थियो भने विक्री दर एक सय ३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो । युरोपियन युरोको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । अन्य मुद्राहरूमा पनि सामान्य गिरावट देखिएको छ । राष्ट्
झापा— मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो । प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा रु
काठमाडौं— सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्ध
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.