काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । 

आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी भने तोलामा १५० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलबार प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।