आर्थिक

    Showing 1,461-1,470 of 3,057 items.
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ, जसमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । आज युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।अन्य मुद्रामा स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाइ भाट, युएई

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 447 पटक पढिएको
  • धितोपत्र बोर्ड लगानीकर्ताप्रति जिम्मेवार बन्न सांसदहरुको सुझाव

    काठमाडौं- धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन् ।आज प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै सांसदहरुलेधितोपत्र बोर्डले विगतमा गरेका कामले लगानीकर्ताको विश्वास गुम्दै गएको भन्दै जिम्मेवार भएर बोर्डले लगानीकर्ताको विश्वास जित्न सक्नुपर्ने बताएका हुन् । धितोपत्र बोर्डलाई राज्यले विश्वास गरेर पुँजीबजार लगानीकर्ताको हित र संरक्षण गरी लगानी सुरक्षित गर्ने नियामक निकायका रुपमा लिएको भन्दै त्यही अनुसार जिम्मेवार हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  सांसदहरुले धितोपत्र बोर्डको ऐनमा तजबिजी बढी भएकाले पनि ध

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 285 पटक पढिएको
  • ५० अंकले घट्यो नेप्से

    काठमाडौं—  नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा अडिएको छ।यसदिन ३२४ स्क्रिप्सको २ करोड ४८ लाख  ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक उच्च अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स पावर, हिमालय हाइड्रोपावर,रावा इनर्जी डेभलपमेन्ट र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 347 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

    काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आज सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । यसअघि गत भदौ २८ गते सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 337 पटक पढिएको
  • डिजिटल कारोबार नि:शुल्क गराउन छलफल गर्दै प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल बैंकिङमा साना कारोबार गर्दा लाग्ने अतिरिक्त शुल्क हटाउन छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जनताका गुनासा सुन्दै साना डिजिटल कारोबारलाई नि:शुल्क गर्न सरकार गम्भीर रहेको बताएका हुन् । उनले जाजरकोटका अबिन बिकेको उदाहरण दिँदै फेसबुकमा प्राप्त सुझावका आधारमा यस्तो निर्णय गर्न लागेको जानकारी दिएका छन् । डिजिटल कारोबारमा दैनिक रुपमा थोरै रकम ट्रान्सफर गर्दा बारम्बार शुल्क लाग्ने समस्याबारे गुनासो गरिएको थियो । अबिनले दैनिक ५–६ पटक सय र पचास रुपैयाँको कारोबार गर्दा हरेक पटक ११ रुपैयाँ ३० पैसा चार्ज लाग्ने उ

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 369 पटक पढिएको
  • विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक, डलर कति पुग्यो ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोको खरिददर १ सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ १६ पैसा छ भने पाउण्ड स्ट्रलिङको खरिददर १ सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ  ।साउदी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा, कतारी रियालको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 292 पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशले सोमबार परिमार्जित बजेट सार्वजनिक गर्ने

    काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गर्दै नयाँ बजेट सार्वजनिक गर्ने जानकारी दिए । मुख्यमन्त्री शाहले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही आधारमा परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारेका छन् । सत्ता समीकरणको परिवर्तनसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि, तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पारित नभई अलपत्

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 520 पटक पढिएको
  • कामका लागि अब कहीँकतै नजराना बुझाउनुपर्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थल भएको दाबी गरेका छन् । उनले नेपालमा पर्यटक प्रवद्र्धनका लागि उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताए । बूढानीलकण्ठमा रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित  एक सय दुई शय्यायुक्त  पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन् । होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले सुशासनसहित जनतालाई छिटोछरितो  सेवा दिन सरकार क्रियाशील रहेको बताए । कुन फाइल कहा

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 455 पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, चाँदी पनि महँगियो

    काठमाडौं–नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भई रु एक लाख ५६ हजार तीन सय पुगेको छ । यो हालसम्मकै उच्चतम मूल्य हो । यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु ६५ ले बढेर रु एक हजार आठ सय ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र स्थानीय माग बढ्नुलाई यसको प्रमुख कारण मानिएको छ । 

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 233 पटक पढिएको
  • कालीमाटीमा आज तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)

    काठमाडौं–कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य जारी गरेको छ । सार्वजनिक आजको मूल्य सूचीअनुसार विभिन्न तरकारी र फलफूलको मूल्यमा फरक देखिएको छ । भारतीय गोलभेडा ठूलो प्रतिकिलो न्यूनतम रू ६० देखि अधिकतम रू ७० सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू ६५ रहेको छ । त्यस्तै, लोकल गोलभेडा प्रतिकिलो रू २० देखि रू ३० सम्मको दायरामा रहेको छ ।आलुमा पनि विभिन्न प्रकारका मूल्यहरू देखिएका छन् । आलु रातोको औसत मूल्य रू ७० छ भने भारतीय आलुको औसत मूल्य रू ५७.६७ रहेको छ । प्याज सुकेको (भारतीय) प्रतिकिलो रू १२२ देखि रू १२५ सम्ममा बिक्री भइरहेको छ भने औसत मूल्य रू १२३.६७ रहेको छ।गा

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा