आर्थिक

    Showing 1,631-1,640 of 4,497 items.
  • गोरखाको तातोपानीमा अलपत्र परेका ३५ पर्यटकको सकुशल उद्धार

    काठमाडौं— गोरखाको धार्चे गाउँपालिका—३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ ।उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 583 पटक पढिएको
  • ६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    काठमाडौं—  ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 654 पटक पढिएको
  • माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर अधिकतम मूल्यमा दोस्रो बजारमा कारोबार सुरु

    काठमाडौं—  माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो ।कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो । मंगलबार स्पेशल प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ । एमएबिइएल स्टक संकेतबाट शेयर का

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 645 पटक पढिएको
  • बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी

    जनकपुर— जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार बन्द गरी विरोध ¥याली निकालेका छन् । कालो पट्टी बाँधेर कालो झण्डा बोकी जनकपुर बजारमा विरोध ¥याली निकालेका छन् । उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।कुनै पनि पसल वा सं

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 463 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैय

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 356 पटक पढिएको
  • नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार

    काठमाडौं— दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो। गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ कम्पनीको सेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको ९ अर्ब २० करोड रुपैयाँको तुलनामा निकै कम हो। सोमबार ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 502 पटक पढिएको
  • एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त

    काठमाडौं— एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सिइओ पदमा शाक्यलाई नियुक्ती गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत शेयरधनीहरुलाई जानकारी दिएको छ । शाक्यसँग भएको सम्झौता अनुसार आगामी ३० दिनभित्र उनले काम सुरु गर्ने बताइएको छ । रोशन कुमार न्यौपानले राजिनामा दिएसँगै बैंकले सन्तोष कुमार राठीलाई निमित्त सिइओ जिम्मेवारी दिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 239 पटक पढिएको
  • सोमबार सुनको मूल्य स्थिर

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 512 पटक पढिएको
  • अक्टोबरमा मात्र ७० हजार बढी सवारी बिक्री गर्‍यो लीप मोटरले

    काठमाडौं— चीनको लीप मोटरले यो वर्षको अक्टोबरमा ७० हजार २८९ भन्दा बढी सवारीसाधन बिक्री गरिएको घोषणा गरेको छ । यो आँकडा गत वर्षको तुलनामा ८४ प्रतिशतभन्दा बढी हो ।लीप मोटरलाई चीनको नयाँ ऊर्जा सवारी (न्यु इलेक्ट्रिक भेहिकल) स्टार्टअपका रूपमा अझ सुदृढ बनाएको कम्पनीको दाबी छ  ।यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री रहेको कम्पनीले जनाएको छ ।लीप मोटरले नेपालसहित विश्वव्यापी बजारमा उन्नत र उच्च प्रदर्शका विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 571 पटक पढिएको
  • गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

    काठमाडौं— यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ ज

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 491 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.