आर्थिक

    Showing 1,651-1,660 of 4,497 items.
  • राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइनः आनन्द श्रेष्ठ

    रामेछाप— वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताए । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’ उनले प्रश्न गरे । श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको विषय नभएको बताए । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरि

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 650 पटक पढिएको
  • फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो । जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 519 पटक पढिएको
  • एसवाई प्यानलको आईपीओ निष्कासन मिति सार्बजनिक

    काठमाडौं— एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर वितरण गरिसकिएको हुँदा अब दोस्रो चरण सर्वसाधारणका लागि खुल्न लागेको हो।कम्पनीले बाँकी सेयरमध्ये आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याएको छ। यी सबै कित्ताहरू छुट्य

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 636 पटक पढिएको
  • जेन्जीसहिति वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

    काठमाडौं— पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।जेन्जीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता गरेको भन्दै पहिला देशका संयोजक एसपी शाहले जेन्जी, लघुवित्त, सहकारी, मिटर व्याज, बैंकलगायतका पीडितले न्याय नपाउन्जेल निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै आफूह

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 541 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 330 पटक पढिएको
  • वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौं— चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरीका पेट्रोलिम पदार्थको आयातमा एक अर्ब छ करोड रकमले कमी आएको आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने ३९ अर्ब १५ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा १६ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालयका प्रमुख भन्

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 713 पटक पढिएको
  • २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण

    काठमाडौं— नेपाल विद्युत्‌ प्राधिकरणले २८३ मेगावाट विद्युत्‌ निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत्‌ मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत्‌ प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत्‌ आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत्‌ निर्यात लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको छ ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत्‌ भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत्‌ बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्य

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 519 पटक पढिएको
  • नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त ग¥यो डबल ए माइनस क्रेडिट रेटिङ

    काठमाडौं—  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै चुक्ता गर्ने उच्च क्षमता तथा न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ सन् २००१ मा स्थापना भएको यस कम्पनीले देशभर १९० भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आएको छ र जीवन बीमा बजारमा २५ प्रतिशतभन्दा बढी हिस्सा कायम राख्दै सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ । यही बजार नेतृत्व, ठूलो एजेन्सी सञ्जाल, अनुभवी व्यवस्थापन र संचालन दक्षताले कम्पनीको वित्तीय स्थायित्व मजबुद भएको इक्रा नेपालले जनाएको छ ।कम्पनीको दाबी भुक्तानी क्षमतासूचक सोल्भेन्स

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 575 पटक पढिएको
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार  भएको थियो ।त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 661 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ। कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बि

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 392 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.