काठमाडौँ / नेकपा एमालेको केन्द्रिय पर्यटन विभागका सदस्य समेत रहेका नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलमाथि निगमलाई आर्थिक रुपमा नोक्सान पुर्याउने काम गरेको आरोप लागेको छ । आन्तरिक उडान क्षमता भन्दा कम गराएर यति एयरलाइन्स सहितका वायु सेवालाई फाइदा पुर्याउने काम गरेको उनीमाथि आरोप लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा निगममा हावी भएका उनले आन्तरिक उडानमा कटौती गरेर निजी वायु सेवालाई फाइदा पुर्याउने काम गरिरहेको निगमको तथ्याङ्कले समेत पुष्टि गर्दछ । निगमसँग अहिले दुईवटा ट्विनअटर विमान चालु अवस्थामा रहेका छन् ।ति दुई जहाजका लागि पाँच जना पाइलट र पाँच जना कोपाईलट रहेका
रौतहट//रौतहटबाट जाली नोट सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको बट्टेस्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीया शत्रुधन वरई ठाकुर ,महोत्तरीको बर्दिवास नगरपालिका -९ बस्ने ३० वर्षिया रंजित महतो र महोत्तरकै भंगाहा नगरपालिका -४ बस्ने २५ वर्षिया दिपेन्द्र कुमार छन्। नेपाल -भारत पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई चेकजाँच गर्ने क्रममा भारत बाट नेपालतर्फ आउंदै गरेका उनीहरुलाई नेपाली नोट १००० का दरले नौ लाख त्रियानब्बे हजार जाली नोटसहित पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी गराएका छन्। प्रहरी चौकी मठिया मौलियाबाट खटिएको प्रहरी टोलीले इश्न
काठमाडौं //सरकारी कर्मचारीको नयाँ तलबमान साउन १ देखि लागू हुने भएको छ। मन्त्रिपरिषद्को बैठकले कर्मचारीको नयाँ तलबमान साउनदेखि नै लागू गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन्। निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा,नेपाल प्रहरी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान कायम गर्ने निर्णय भएको उनले बताएका छन्।
बिर्तामोड / साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँ कायम भएको छ । आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
बिर्तामोड / प्रदेश सरकारले सवारीसाधनको करको दर बढाएको छ । कोरोना महामारीका कारण उद्योगधन्दा, कलकारखाना, उत्पादन, व्यापार सबैमा असर परेको भएपनि प्रदेश सरकारले भने मोटरसाइकलसहितका सवारीसाधनको करको दर बढाएको छ । प्रदेश सरकारले एक नम्बर प्रदेशमा एक सय २५ सिसीको मोटरसाइकलको वार्षिक कर दुई हजार आठ सय रुपैयाँ तेकेको छ भने दुई सय २६ सिसी देखि दुई सय ५० सिसीको मोटरसाइकलको कर चार हजार पाँच सय तोकिएको छ । त्यस्तै दुई सय ५१ देखी चार सय सिसीको मोटरसाइकलको कर नौ हजार तोकेको छ, र चार सय सिसीदेखि माथिको मोटरसाइ
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा मुलुकले आर्थिक प्रगति गरेको र समृद्धि तर्फ अघि वढेको दावी गर्दै आएका छन् । तर उनको नेतृत्वको सरकारका पालामा आम नागरिकमाथि भने ऋणको बोझ थपिएको सरकारी तथ्याङ्कले देखाएको छ ।गत आर्थिक वर्षमा मात्रै हरेक नागरिकको थाप्लोमा १० हजार १ सय ७४ रुपैयाँ ऋण थपिएको छ । सोही अवधिमा मुलुकको ऋण पनि ३ खर्ब थपिएपछि नागरिकको थाप्लोमा पर्ने ऋण पनि थपिएको हो । गत असार मसान्त सम्ममा मुलुकको कुल ऋण १७ खर्ब २९ अर्ब पुगेको छ ।सार्वजनिक ऋण बढेसँगै हरेक नागरिकको थाप्लोमा ५६ हजार ८ सय ४२ रुपैय
बिर्तामोड / संघीय सरकारको राज्यमन्त्रीमा नियुक्त भए लगत्तै विवाद र आलोचनमा तानिएका उमेश श्रेष्ठले घरजग्गा तथा दम्पती कर नतिरेको सार्वजनिक भएको छ । स्थानीय सरकारको पटक–पटकको ताकेता वेवास्ता गर्दै श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पतालले कर नतिरेको सार्वजनिक भएको हो ।श्रेष्ठ राज्यमन्त्री बने लगत्तै उनको नियुक्तिको विषयलाई लिएर विवाद भइरहेको छ । ललितपुरको गोदावरीमा रहेको योगेन्द्र बहादुर विष्ट परिवारको ४०० रोपनी जग्गा हत्याएको समेत आरोप लागेका बेला उनले कर समेत तिर्न अटेरी गरेको सार्वजनिक भएको हो । काठमाण्डौ महानगरपालिकाले कर नतिरेको भन्दै श्रेष्ठ सहित ५२ फर्म तथा व्यक्तिका नाममा सार्व
बिर्तामोड / शिक्षा एवं स्वास्थ्य क्षेत्रका व्यवसायी नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ माथि काठमाण्डौको गोदावरी नगरपालिकामा रहेको करोडौं मूल्यको जग्गा हडपेको आरोप लागेको छ । स्वं– लालध्वज विष्ट परिवारको नाममा रहेको ४०० रोपनी जग्गा राज्य मन्त्री श्रेष्ठले सरकारी अधिकारीको मिलेमतोमा कब्जा गरेको आरोप लागेको हो ।विष्ट परिवारका सदस्य योगेन्द्र बहादुर विष्टले आफूहरू जग्गा बिक्रीका लागि तयार नभएपछि श्रेष्ठको समूहले सरकारी अधिकारी र मोहिसँगको मिलेमतोमा जग्गा हडपेको आरोप लगाएका हुन् । गोगेन्द्रका हजुरबुबा लालध्वज विष्टको नाममा ०२१ स
काठमाडौँ / जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘ लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्ट मात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता १५ अर्ब भन्दा बढी देखिएको छ । साउन लागेपछि ल
काठमाडौँ / बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो दश घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागीबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ । अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमान्डमा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.