टीकापुर / गुलावको बगैँचाका नामले चिनिने टीकापुर पार्क(वृहत उद्यान) नयाँ वर्षको पहिलो दिन भरिभराउ थियो । पार्कमा पिकनिक खान र घुम्न आउनेको भीड लागेको थियो । टीकापुर पार्कमा नयाँ वर्षको पहिलो दिन बुधबार रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको छ । अघिल्लो वर्ष कोरोनाका कारण शून्य अवस्थामा रहेको पार्कमा यस वर्ष पहिलो दिन नै रु तीन लाख ५० हजार राजश्व सङ्कलन भएको हो । विसं २०७६ को पहिलो दिन भने रु दुई लाख ९३ हजार राजश्व सङ्कलन भएको थियो । विसं २०७७ मा कोरोना महामारीका कराण पार्क बन्द थियो । पहिलो दिन १२ हजार ५०० नागरिकले पार्क अवलोकन गरेका पार्क इञ्चार्ज अर्जुन कुँवरले जानकारी दिएका छन् । नय
बनेपा / आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्तापूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिएका छन् । साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित
काठमाण्डौ / सर्वसाधारणको करोडौ रुपैंया अपचलन गरी आर्थिक साम्राज्य चलाउँदै आएका नेकपा एमालेका पूर्वसभासद् इच्छाराज तामाङले सञ्चालन गरेको सिभिल होम्स प्रालि टाट पल्टिएको छ । एमालेको ओली समुह निकट रहेका तामाङलाई वर्तमान सरकारले जोगाउन गरेको कोशिसका बावजुत सिभिल होम्स टाँट पल्टिने अवस्थामा पुगेको हो । तामाङले नै संचालन गरेको सिभिल सहकारीमा सर्वसाधारणले बचत गरेको अर्वौ रुपैंया अपचलन गरी उनले संचालन गरेको सिभिल होम्स टाँट पल्टिने अवस्थामा पुगेको हो । सहकारीमा सर्वसाधारणले बचत गरेको अवौ रुपैंया नियमविपरीत आफैंले चलाएपछि टाँट पल्टिने अवस्था बनेको हो । सर्वसाधारणको अवौं रुपैंया जोखिममा परेको
विराटनगर / प्रदेश एकका ठुला उद्योगि व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघ छाडेर उद्योगी व्यवसायीको अर्को संस्था नेपाल उद्योग परिसंघका गोलवद्ध भएका छन् ।परिसंघले बनाएको तदर्थ परिषद समितिमा पूर्वका ठुला उद्योगी व्यवसायी गोलवद्ध भएका हुन् । प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समेत रहेका पुर्व मन्त्री मिति दुगड सहित मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका पुर्व पदाधिकारी परिसंघका गोलवद्ध भएका हुन् । उनीहरु परिसंघका गएपछि उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई गम्भीर क्षति पुगेको छ।परिषदले उद्योग संगठन मोरङका पुर्व अध्यक्ष भीम घिमिरे अध्यक्ष र मोरङ व्यापार संघका पुर्व अध्यक्
बिर्तामोड / शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ बिक्री मूल्य तोकिएको थियो । नेपाल सुनचाँदी महासंघका अनुसार यो मूल्य चैत महिनाकै महँगो हो । यसअघि सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।यस साताभरमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बृद्धि भएको छ । गत साताको शुक्रबार तोलाको ८७ हजार ४०० मा किनबेच भएको सुन त्यसयता उकालो लागेको हो । सोमबार सुन साताकै न्यूनतम भाउ ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।चैत महिनामा मात्र सुन तोलामा तीन हजार ३०० रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकले देखाउँछ । गत १ चैतमा सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
काठमाडौँ / सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आइपिओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सविर वादे श्रेष्ठले ज
बिर्तामोड / बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २।८५ अंकले घटेर २६७१।६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये टे«डिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७।२६ प्रतिशतले, युनाइटेड इदिमर्दी
काभ्रेपलाञ्चोक / पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो । रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरस्को सङ्क्रमण बढ्नसक्ने भएपछि रोकिएको छ । लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस् सङ्क्रमणका कारण योजनामै सीमित भएको देखिएको छ । कोरोना भाइरस् सङ्क्रमणको दोस्रो लहर बढ्दै सङ्क्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ । “यो आर्थिक व
बिर्तामोड / बहुचर्चित सुन तस्करीको गिरोहमा संलग्नलाई माथिल्लो तहकै सेटिङमा जोगाईएको सार्वजनिक भएको छ । चुणामणि उप्रेति गोरे गिरोहको छानविन गर्ने क्रममा खुलेका केहि व्यक्ति सरकारी सेटिङमा नै कारवाही मुक्त भएको सरकार निकट स्रोतले जानकारी गराएका छन् । वहुचर्चित सुन तस्करी प्रकरणका विषयमा छानविन गर्न गठित ईश्वरचन्द्र पौडेल नेतृत्वको छानविन समितिले थप छानविन अनि कारवाहिका लागि सिफारीस गरेको व्यक्ति सरकारी सेटिङमा नै उम्कन सफल बनेको सरकार निकट स्रोतले जानकारी गराएका छन् । सुन तस्करीको अभियोगमा करिव दुई महिनाअघि पक्राउ परेका केही व्यक्तिबाट तस्करीमा संलग्न संजाल नै सार्वजनिक हुने भएपछि सरकारी चल
बागलुङ / नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ ।विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो ।मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.