आर्थिक

    Showing 2,191-2,200 of 2,243 items.
  • तीन आश्रमलाई वाग्मती सरकारको सहयोग

    वाग्मती / वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उनले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताए । मन्त्री लामाले मानव सेवा आश्रम, मामा घर नेपाल र राजदेवी असहाय आश्रमलाई चेक हस्तान्तरण गरे । कार्यक्रममा सहकारी दिवस वाग्मती प्रदेश मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, मन्त्रालयका सहकारी रजिष्टार  विक्रमप्रसाद पाण्डे र वाग्मती प्रदेश दुग्ध विकास

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 59 पटक पढिएको
  • नेपालमा केराउको माग उच्च

    बिर्तामोड / केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो । परिमाणमा कोटा तोकिएभन्दा १५ गुणा वस्तु आयातको माग आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।विभागको बुधबार साँझको तथ्याङ्कअनुसार केराउमा १५, सुपारीमा ९, छोकडामा ८र नधुल्याइएको मरिचमा ९ गुणासम्म आवेदन परेको छ । सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, ५ हजार मेट्रिक टन छोकडा र

    • प्रकाशित मितिः चैत २०, २०७७
    • 106 पटक पढिएको
  • गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन बढ्यो (सूचीसहित)

    काठमाडौँ / ब्रिटिश सरकारले बेलायती सेनाबाट अवकाश प्राप्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बढाएको छ । हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो । बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महंगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ ।जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपैयाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् । जसको नेपाली मुद्रामा सटही हुँदा ३७ हजार ८ सय ३६ रुपैयाँ हुन आउँछ ।बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर भूतपूर्व गोर्खा सैनिकहर

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 163 पटक पढिएको
  • आगामी आवमा नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    काठमाडौँ / विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थ

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 80 पटक पढिएको
  • अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’को आशंका

    काठमाण्डौं / अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ।कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद जारी गर्ने’ प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको थियो। संचालक समितिले यस्तो निर्णय गरेको दिन नै कम्पनीको सेयर कारोबारमा पनि वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङको आंशका गरिएको हो।उता अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजु

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 78 पटक पढिएको
  • सवा ८ अर्ब लगानीका एसेम्बलिङ उद्योग नेपालमा (सूचिसहित)

    काठमाडौं / नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरु चासो बढेको देखिन्छ । व्यवसायीको आकर्षण बढेसँगै ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २६ सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भएका छन् ।दुई दर्जनभन्दा धेरै एसेम्बलिङ उद्योग दर्ता भए पनि २ कम्पनीले मात्रै उत्पादन गरिरहेका छन् ।यस्तै लगानी बोर्डमार्फत् कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोडमा सवारीसाधन उत्पादन गर्ने कम्पनी नेपालमा स्थापना गर्न खोजेको छ । लगानी बोर्डका अनुसार मोट्रेक्सको लगानी स्वीकृतिको क्रममा रहेको छ । लगानी बोर्डले स्वीकृती दिएपछि मात्र कम्पनी दर्ताको प्रक्रियामा अघि बढ्नेछ ।लगानी स्वीकृतिको प्रतिक्षामा रहेको मोट्रेक्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 103 पटक पढिएको
  • सेनाको कल्याणकारी कोष अझै गुपचुप : आम्दानी–खर्च सार्वजनिक गर्न माग

    काठमाडौं / वि. सं. २०३२ मा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त १ करोड २४ लाख रुपैयाँबाट नेपाली सेनाले कल्याणकारी कोष खडा गरेको थियो । यही कोष अहिले ४५ वर्षमा ५८ अर्ब रुपैयाँको सम्पत्ति  साँच्न सफल भएको तथ्य नेपाली सेनाले सार्वजनिक गरेको छ ।अलग कोष खडा गरेर गतिविधि गरेको प्रति नेपाली सेना बेलाबेलामा आलोचित हुने गरेको भए पनि उसले यसमार्फत विद्यालय, अस्पताल, उच्च शिक्षा, पेट्रोल पम्प, व्यापारिक कम्प्लेक्सलगायतमा लगानी गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा हालै आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै दिएको जानकारीअनुसार, २०७

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 77 पटक पढिएको
  • एनआइसी एशिया बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

    काठमाडौं  / एनआईसी एशिया बैंकले ग्राहकसमक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत  १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षीय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।हाल न्यू प्रिमियम सुपर

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 47 पटक पढिएको
  • प्रधानमन्त्रीका सल्लाहकार नै नुनको अवैध कारोबारमा संल्गन

    बिर्तामोड  / नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट मात्रै कारोबार हुने गरेको नुनको अवैध कारोवार प्रधानमन्त्री निवास वालुवाटारबाटै हुने गरेको पाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सदस्यले नै नुनको अवैध कारोबार गर्ने गरेको पाईएको हो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका मोतिलाल दुगडले नुनको अवैध कारोबार गर्ने गरेको भएपनि उनीमाथि उनको कारोवारको विषयमा सरकारी निकायले न त छनविन नै गरेको छ न त कारवाही नै । एमाले नेतृत्व अनि सत्तासिन नेताहरुको आडमा उद्योगि दुगडले साल्ट ट्रेडिङले मात्रै नेपालमा बिक्री वितरण गर्दै आएको नुनको समेत कारोबार गर्ने गरेको पाईएको छ । उनले आफ

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 180 पटक पढिएको
  • सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी

    काठमाडौँ / सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिएका छन् ।विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो । कोषको रकम वृद्धि हुनमा बहालवाला र अवकाशप्राप्त योगदान, मूलपूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उनले जानकारी दिएका छन् । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमक

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 95 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा