आर्थिक

    Showing 2,211-2,220 of 3,090 items.
  • विद्युत खरिदमा समस्या : समयमै पानी नपरे घरमा समेत लोडसेडिङ हुने

    बिर्तामोड / अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै भारतमा नै विद्युत संकट भएपछि नेपालमा पनि विद्युत संकट देखिने भएको छ । भारतबाट आवश्यक विद्युत खरिद गर्न नपाएको समयमा मनसुन नलागे उद्योग व्यवसायीले खेपीरहेको लोडसेडिङ सर्वसाधारणको घरसम्म पुग्ने संकेत देखिएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार पानी परेकाले विद्युत् उत्पादन २०० मेगावाटले बढेपछि आम्दानी करिब ४ करोड रुपैयाँले बढेको थियो ।  नेपालका विभिन्न जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता २२ सय मेगावाट भएपनि पुसदेखि जेठसम्म भने ८ देखि ९ सय मेगावाटमात्रै विजुली उत्पादन हुने गरेको छ । नेपालम

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 81 पटक पढिएको
  • कृषि मन्त्रालयद्धारा ३८ अर्ब ४९ करोड बजेट माग, सबैभन्दा धेरै रसायिनक मल खिरदमा

    काठमाडौँ / कृषी तथा पशुपंक्षी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ३८ अर्ब ४९ करोड मूल्य बराबरके बजेट माग गरेको छ । चालु आथिएक वर्षका लागि विनियोजित बजेटको तुलनामा यो ६.४७ प्रतिशत बढी हो ।चालु आर्थिक वर्षमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ३६ अर्ब १५ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो। चालु आर्थिक वर्षमा मन्त्रालयले पेस गरेका ३३ वटा शीर्षकमा बजेट खर्च हुने मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए।उनका अनुसार उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने गरी बजेट प्रस्ताव गरिएको छ। मन्त्रालयले सबभन्दा धेरै बजेट बढी रासायनिक मलका लागि माग गरेको छ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 84 पटक पढिएको
  • राष्ट्र बैंकलाई शंकास्पद कारोबारको एक हजार प्रतिवेदन प्राप्त

    काठमाडौं / नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको छ । उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको हो ।नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाएको छ । राष्ट्र बैंकले हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको समेत जनाएको छ ।त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापकै कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 98 पटक पढिएको
  • राजपत्रमा छापियो एमसीसी

    काठमाडौं / नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारसँगको सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । लामो समयसम्म विवादमा तानिएपछि मात्र व्याख्यात्मक बुँदासहित संसद्बाट पारित भएको अमेरिकी सम्झौता एमसीसी राजपत्रमा प्रकाशित भएको हो । कूल ३१२ किलोमिटर लामो ४०० केबी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।लामो राजनीतिक विवाद र असहमतिकाबीच १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको एमसीसी २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो । नेपालको संविध

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 102 पटक पढिएको
  • सामाजिक सुरक्षाबाट वञ्चित हुँदै बैंकका अस्थाई कर्मचारी

    बिर्तामोड / वाणिज्य बैंकहरूले करार, इन्टर्न, आउटसोर्स तथा स्थायी श्रमिकहरूलाई सामाजिक सुरक्षाबाट वञ्चित गरिदै आएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको अध्ययन अनुसार बैंकमा स्थायी कर्मचारीले मात्र विनियमावली बमोजिमको सामाजिक सुरक्षा पाउने गरेका छन् ।बैंक तथा वित्तीय संस्थाले सामाजिक सुरक्षा योजनालाई ऐच्छिक बनाउनुपर्ने माग गरिरहेका बेला अस्थाई कर्मचारी भने सामाजिक सुरक्षाबाट वाञ्चित भएका छन् । वाणिज्य बैंकमा ठूलो सङ्ख्याका करार, तालिमी, आउटसोर्स र अस्थाई श्रमिकहरूलाई बैंक विनियमावलीले सामाजिक सुरक्षाका लागि संरक्षण नगरेको महासङ्घले सार्वजनिक गरेको

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 91 पटक पढिएको
  • मुलुकमा विद्युत अभाव : भारतले गर्यो बिजुली कटौती

    बिर्तामोड / रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेसँगै भारतमा समेत विद्युत संकट देखिएपछि नेपालमा भारतबाट विजुली आयात गर्न चुनौती भएको छ । डिजेल, पेट्रोल लगायत इन्धनको भाउ पनि अकासिँदा भारतीय बजारमा बिजुली खपत पनि बढेपछि नेपालले आयात गदै आएको बिजुलीसमेत कटौती भएको हो ।सामान्य अवस्थामा नेपालले भारतबाट दैनिक करिब ४०० मेगावाट बिजुली आयात गर्दै आएको थियो भनेअहिले दैनिक ८० मेगावाट बिजुली मात्र पाउन थालेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । भारतबाट ल्याउने बिजुली कटौतीपछि अहिले नेपालका उद्योगहरूमा दैनिक ३०० मेगावाट बिजुली अभाव

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 80 पटक पढिएको
  • साढे ३३ अर्ब प्रत्यक्ष विदेशी लगानी स्वीकृत

    काठमाडौं / अर्थतन्त्र धर्मराउन थालेपछि सजग बन्दै सरकारले समेत हप्तामा दुई दिन बिदा गर्ने जस्ता नियम लागू गरेको समयमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) बढेको देखिएको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको र इन्धन आयातमा पनि चुनौती भइरहेको समयमा बढ्दो एफडिआईले अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने भएको हो । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिना (चैतसम्म) मा करिब साढे ३३ अर्बभन्दा बढी लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।गत आवको सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो । अघिल्लो वर्षको तुलनामा सात अर्ब २८ अर्ब रुपैयाँ

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 83 पटक पढिएको
  • प्रति व्यक्ति आम्दानी १ लाख ६७ हजार

    काठमाडौं / एकवर्षमा नेपालीको औसत आम्दानी १६ हजारले बढेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको तथ्यांक सार्वजनिक गर्दै वार्षिक प्रति व्यक्ति आम्दानी औसत १ लाख ६७ हजार र १३७२ अमेरिकी डलर पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 93 पटक पढिएको
  • जिडिपी ४८ खर्ब पुग्ने : केन्द्रिय तथ्यांक विभाग

    काठमाडौं / केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ४८ खर्ब पुग्ने अनुमान गरेको छ । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब र उत्पादन मूल्यका आधारमा ४२ खर्ब ७७ पुग्ने विभागले जनाएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा ४ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ  भने चालू आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि हुने विभागले प्रक्षेपण गरेको छ ।चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलब ३ प्रतिशत, उद्योगको वृद्धिदर १० दशमलब ३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलब ९ प्रतिशत हुने विभागले अनुमान लग

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • 99 पटक पढिएको
  • सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, प्रति क्विन्टल कति ?

    काठमाडौँ / सरकारले आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक वर्ष ०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले यसअघि आर्थिक वर्ष ०७८/७९ मा गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकेको थियो भने आर्थिक वर्ष ०७७/७८ मा ३ हजार १५ रुपैयाँ  तोकिएको थियो । 

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 119 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा