काठमाडौं— सुनचाँदीको मूल्य फेरि बढेको छ । बुधबार सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।