आर्थिक

    Showing 2,271-2,280 of 3,508 items.
  • घट्यो सुनको मूल्य, प्रति तोला कति ?

    झापा  / आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसैगरी यसअघि प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९७ हजार रुपैयाँ रहेको छ ।यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 208 पटक पढिएको
  • आव प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अङ्कले बढ्यो

    झापा / साताको दोस्रो कारोबार हुने दिन सोमबार प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ। आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्री ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 121 पटक पढिएको
  • कर्जा र निक्षेप विचको ब्याजदर अन्तर ०.४ प्रतिशत विन्दुले घट्यो

    झापा / नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक समीक्षा मार्फत वाणिज्य बैंकका लागि स्प्रेड रेट ४।४ प्रतिबाट घटाएर ४ प्रीतशतमा झारेको हो । त्यसैगरी विकास बैंकको ५ प्रतिशत रहेको स्प्रेड रेट ०।४ प्रतिशत विन्दुले घटाएर ४।६ प्रतिशतमा झरेको छ । तर, केन्द्रीय बैंकले फाइनान्स कम्पनीको हकमा ५ प्रतिशतलाई यथावत रोखको छबैंक तथा वित्तीय संस्थाको नाफा धेरै भयो भनेर घटाउन खोजेको नभई बजारको अवस्थालाई सन्तुलन कायम गर्नका लागि स्प्रेड घटाएको तर्क केन्द्रीय बैंकको छ ।पछिल्लो समयमा स्प्रेड कम गरेर भए पनि ब्याजदर घटाउनु पर्ने माग उद्योगी व्यवसयाीहरुले राख्दै आएका थिए । त्यति मात्र नभई उद्योगी व्यवसायीले

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 744 पटक पढिएको
  • साताको पहिलो दिन कति छ त ? सुनचाँदीको बजार भाउ

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार  तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 135 पटक पढिएको
  • ५९ लाखमा मेचीनगर नगरपालिकाले ल्यायो नयाँ दमकल

    झापा / झापाको मेचीनगर नगरपालिकाले ५ सय फम क्षमताको नयाँ अग्नि नियन्त्रक यन्त्र (दमकल) खरिद गरेको छ । नगरपालिकाले म्याप इन्टर क्लिनर्स प्रालि काठमाडौँबाट ५९ लाख ७७ हजार ७ सय रुपैयाँ मा उक्त दमकल खरिद गरेको नगरका आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको बताएका छन् । पछिल्लो समय मेचीनगर, बिर्तामोड लगायतका सहरी क्षेत्रमा आगलागीबाट ठुलो क्षति भएको छ । अब दुईवटा दमकलले आगो नियन्त्रण सहज हुने नगर प्रमुख बुढाथोकीको भनाइ छ । योसँगै अब मेचीनगरमा दुई वट

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 275 पटक पढिएको
  • यस्तो छ आजको विदेशी विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।  यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ । त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ २६ पैसा तथा बिक्री दर १३५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५५ रुपैयाँ ४६ पैसा र बिक्री दर १५६ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 132 पटक पढिएको
  • कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न सकेन

    काठमाडौं / सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो । कार्यालयको तथ्याङ्कअनुसार सो कात्तिकसम्म सरकारले दुई खर्ब ६८ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालू आर्थिक वर्षका लागि तोकिएको लक्ष्यको तुलनामा १९.११ प्रतिशत मात्र हो।जब कि कात्तिकसम्म सरकारको चालू खर्च दुई खर्ब ८१ अर्ब रुपियाँ नाघेको छ । यस हिसाबले चालू खर्चकै लागि १३ अर्ब रुपियाँ राजस्व अपुग देखिएको हो । कात्तिकसम्म सङ्कलित राजस्वमध्ये दु

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 115 पटक पढिएको
  • आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ ।युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ । १ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । यसैगरी

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 113 पटक पढिएको
  • आज दोहोरो अङ्कले बढ्यो नेप्से, ८५ करोड बढीको कारोबार

    झापा / सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । १८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो । यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 122 पटक पढिएको
  • फेरी प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

    काठमाडौँ / आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला ३० ले बढेर एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा