काठमाडौं— स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। सोमबार सुनको मूल्य ३७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३७ सय रुपैयाँले घटेर  प्रतितोला सुनको मूल्य १ लाख  ८६ हजार ८०० रुपैयाँ कायम भएको हो। 

अघिल्लो दिन आइतबार एक तोला सुन १ लाख ९० हजार ५०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदी भने १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।